364
Shares
काठमाडौँ – आज सुनको भाउ ९ सय रुपैयाँले बढेर ताेलाको १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
हिजो सुनको भाउ तोलामा १ लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो, जसमा १ हजार ४ सय रुपैयाँको वृद्धि भएको थियो।
यस्तै, चाँदीको भाउ पनि १० रुपैयाँले बढेर ताेलाको १ हजार ९ सय ५० रुपैयाँ कायम भएको महासङ्घले जानकारी दिएको छ।