एसियन महिला कप–२०२६ को फाइनल सिड्नी रंगशालामा हुने

268 Shares

काठमाडौं । एसियन महिला कप–२०२६ को फाइनल अस्ट्रेलियाको सिड्नी रंगशालामा हुने तय भएको छ। बिहीबार अस्ट्रेलियाले फाइनलसँगै एक सेमिफाइनल र दुई क्वार्टरफाइनल खेल सिड्नी रंगशालामा आयोजना गरिने घोषणा गरेको छ।

आगामी मार्च १ देखि अस्ट्रेलियाले प्रतियोगिताको आयोजना गर्नेछ। यसमा आयोजक अस्ट्रेलियासहित चार राष्ट्र सोझै छनोट भएका छन्। भारतमा सम्पन्न एसियन कप–२०२२ का शीर्ष तीन टिम— चीन, दक्षिण कोरिया, र जापान— प्रत्यक्ष छनोट भएका हुन्।

प्रतियोगिताको छनोट चरण आगामी जुन र जुलाई महिनामा हुनेछ, जसबाट थप आठ टोली छनोट हुनेछन्।

अन्य सेमिफाइनल तथा बाँकी क्वार्टरफाइनल खेलहरू पर्थ रंगशालामा आयोजना गरिने छन्। साथै, प्रतियोगिताको उद्घाटन खेल पनि पर्थ रंगशालामै हुने तय भएको छ।

सम्बन्धित समाचार

सबै