निर्वाचन आचारसंहिता विपरीत बौधीमाइ नगरपालिकाको हिउँदे अधिवेशन

93 Shares

 

रौतहट /आगामी फाल्गुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनको आचारसंहिता विपरीत रौतहटको बौधीमाइ नगरपालिकाले सोमबार ११ औं हिउँदे अधिबेशन सम्पन्न गरेको छ ।
निर्वाचन आचारसंहिता २०८२ को परिच्छेद–३ को बुँदा नम्बर ७ (ग) मा बार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य नयाँ कार्यक्रम गर्न नयाँ नीति योजना वा कार्यक्रमको घोषणा गर्न स्वीकृत गर्न वा संचालन गर्न नहुने स्पष्ट उल्लेख गरिएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराइले आयोगको लिखित सहमति बिना गरिएको यो सभा आचारसहिंताको ठाडो उल्लङ्घन रहेको बताउनु भयो ।
रौतहटका प्रमुख जिल्ला अधिकारि दिनेश सागर भुषालका अनुसार आचारसंहिता अनुगमनको लागि सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख कोष नियन्त्रकलाइ जिम्मेवारी दिइएकोले उजुरी पछि उहाँहरुले आबश्यक कारबाही प्रक्रिया अघि बढाउने बताउनु भयो ।
बौधीमाइ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरीका अनुसार निर्वाचन आचारसहिंता सम्बन्धि जानकारीको अभावको कारण सभा भएको बताउनु भयो ।
११ औं हिउँदे अधिबेशनबाट संचालन हुन नसकेका केहि योजना फेरबदल, वडाको सिफारिशमा केहि योजना फेरबदलका साथै ठेक्का सम्झौताको म्याद थपको अनुमोदन र कृषि संग सम्बन्धित कार्यविधि अनुमोदन भएको प्रमुख प्रशासकीय अधिकृत चौधरीले जानकारी दिनु भयो ।
उक्त सभाले निर्वाचनको निष्पक्षता प्रभावित हुन सक्ने भन्दै कार्यान्वन नहुने गरि अविलम्ब रोक्का गर्न र कानुनको परिपालना गराउन बौधीमाइ नगरपालिकाका पुर्व नगर प्रमुख तथा जनता समाजवादी पार्टि नेपाल रौतहटका अध्यक्ष राजीव रंजन यादवले सम्बन्धित निकाय सँग आग्रह गर्नु भएको छ ।

 

सम्बन्धित समाचार

सबै