शान्तिपूर्ण संघर्षलाई कमजोर नसम्झिऊ, आन्दोलन जुनसुकै तहमा भए पनि सफल बनाउँछौं : डा. लोहनी

235 Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टीले थालेको आन्दोलन जुनसुकै तहमा पुगे पनि सफल बनाउने दाबी गरेका छन्। राजावादी शक्तिहरूको साझा संगठन संयुक्त जनआन्दोलन समितिले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले शान्तिपूर्ण संघर्षलाई कमजोर ठान्न नहुने चेतावनी दिए।

नेता लोहनीले भने, “हामी शान्तिपूर्ण संघर्षमा जान्छौँ, तर शान्तिपूर्ण आन्दोलनलाई कमजोर नसम्झ। अत्याचार र अन्याय सहेर राप्रपा अब चुप लागेर बस्दैन, अब संघर्ष गर्ने समय आएको छ।”

उनले राज्यको क्रुरता सहेर पनि पार्टी चुप नबस्ने स्पष्ट पार्दै संघर्ष शान्तिपूर्ण वा आवश्यकता अनुसार हिस्रक रूप लिन सक्ने संकेत दिए। नेपाली जनताको मनोवैज्ञानिक सुरक्षाका लागि राजसंस्था आवश्यक भएको धारणा पनि उनले दोहोर्याए।

सम्बन्धित समाचार

सबै