283
Shares
काठमाण्डौ – आज सुनको भाउ चार सय रुपैयाँले घटेको छ । सुनको भाउ चार सय रुपैयाँले घटेर तोलाको एक लाख ७३ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गएको बिहीवार सुनकाे भाउ अहिलेसम्मकै उच्च ताेलाकाे एक लाख ८० हजार तीन सय रुपैयाँ पुगेको थियो । त्यसयता सुनको भाउ लगातार घटिरहेको छ ।
यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदीको भाउ आज पनि हिजो जस्तै तोलाकाे एक हजार आठ सय ३० रुपैयाँमा काराेबार भइरहेकाे महासङ्ले जनाएको छ ।