शिक्षक सेवा आयोगद्वारा निम्न माध्यमिक तहका लागि ६८६ शिक्षकको भर्ना खुला

345 Shares

काठमाडौँ — शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयका निम्न माध्यमिक तहको तृतीय श्रेणी शिक्षक पदका लागि ६८६ शिक्षकको भर्ना खुलाएको छ। आयोगले बिहीबार एक सूचना जारी गर्दै खुला र समावेशी शिक्षकका लागि विज्ञापन गरेको हो।

आवश्यक शिक्षकको विवरण यसप्रकार छ:

  • नेपाली शिक्षक: १०९

  • अंग्रेजी शिक्षक: १७१

  • गणित शिक्षक: ११२

  • विज्ञान शिक्षक: १०१

  • गणित विज्ञान शिक्षक: ८०

  • सामाजिक शिक्षक: १०९

  • स्वास्थ्य तथा शारीरिक शिक्षक: १

  • संस्कृत शिक्षक: २

  • संस्कृत भाषा शिक्षक: १

सम्बन्धित समाचार

सबै