आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक

219 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३७ रूपैयाँ २६ पैसा र बिक्री दर १३७ रूपैयाँ ८६ पैसा रहेको छ।

युरोपियन युरोको खरिद दर १४८ रूपैयाँ ८० पैसा र बिक्री दर १४९ रूपैयाँ ४५ पैसा छ भने युके पाउन्ड स्टर्लिङको खरिद दर १७७ रूपैयाँ ६७ पैसा र बिक्री दर १७८ रूपैयाँ ४५ पैसा निर्धारण गरिएको छ।

यसैगरी, अष्ट्रेलियन डलरको खरिद दर ८६ रूपैयाँ ३६ पैसा र बिक्री दर ८६ रूपैयाँ ७३ पैसा, क्यानेडियन डलरको खरिद दर ९५ रूपैयाँ ७३ पैसा र बिक्री दर ९६ रूपैयाँ १५ पैसा छ।

जापानी येन १० को खरिद दर ९ रूपैयाँ २१ पैसा र बिक्री दर ९ रूपैयाँ २५ पैसा, चिनियाँ युआनको खरिद दर १८ रूपैयाँ ९४ पैसा र बिक्री दर १९ रूपैयाँ ०२ पैसा रहेको छ।

त्यस्तै, भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले आवश्यक परे जुनसुकै बेला विनिमय दर संशोधन गर्न सकिने जनाएको छ। अद्यावधिक विनिमय दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुनेछ।

सम्बन्धित समाचार

सबै