258
Shares
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभरका २,०७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेबाट सुरु हुँदैछ ।
परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना, र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा हुनेछ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको एसईईमा ५,१४,०७१ विद्यार्थी सहभागी हुँदैछन् । गत वर्षको तुलनामा परीक्षार्थीको सङ्ख्या ४९,२८६ ले वृद्धि भएको छ ।
परीक्षाका लागि १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष र प्रत्येक २० विद्यार्थीका लागि एक जना निरीक्षक तोकिएको छ । ७५ जनाभन्दा कम परीक्षार्थी भएका केन्द्रमा सहायक केन्द्राध्यक्ष नराख्ने व्यवस्था गरिएको छ ।
यस वर्षको एसईई परीक्षा चैत १९ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।