तनहुँमा यातायात कार्यालय भवन निर्माणका लागि ५ रोपनी जग्गा दान

261 Shares

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी कृष्ण अधिकारीले यातायात व्यवस्था कार्यालय डुम्रेको भवन निर्माणका लागि करिब साढे दुई करोड मूल्य बराबरको पाँच रोपनी जग्गा निःशुल्क दान गरेका छन्।

मंगलबार मालपोत कार्यालय तनहुँमार्फत उनले उक्त जग्गा यातायात व्यवस्था कार्यालयका नाममा नामसारी गरिदिएका हुन्। यसअघि पनि वडा कार्यालय भवन निर्माणका लागि चार आना जग्गा दान गरिसकेका अधिकारीले ठूलो परोपकार गरेको बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताए।

यातायात व्यवस्था कार्यालय डुम्रेका प्रमुख गोपाल ओलीका अनुसार, अब कार्यालयको आफ्नै भवन निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइनेछ। हाल भाडाको घरमा सञ्चालन हुँदा लाखौं खर्च भइरहेको भन्दै, आफ्नै भवनबाट सेवा दिन सहज हुने उनले जानकारी दिए।

सम्बन्धित समाचार

सबै