लोकसेवा परीक्षा ६ पटक भन्दा बढी दिन निषेध गर्ने कानूनी व्यवस्था गलत : सांसद ज्वाला

251 Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले लोकसेवामा ६ पटक भन्दा बढी परीक्षा दिन निषेध गर्ने कानूनी व्यवस्था गलत रहेको बताएका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो व्यवस्था संविधानको भावना विपरीत हुने र नागरिकका अधिकारको उल्लंघन गर्ने आरोप लगाए।

सांसद ज्वालाले भने, “कुनै नागरिकलाई परीक्षा दिन नपाउने गरी सिण्डिकेट गर्नु संविधानको भावना विपरीत छ। यो कदम नेपाली युवालाई अझ बढी खाडी र मलेसिया जस्ता विदेश तिर धकेल्ने हो।”

त्यसैगरी, उनले लोकसेवा परीक्षा दिनको उमेर नपुगेसम्म नागरिकलाई परीक्षा दिन पाउने अधिकार हुनु पर्ने उल्लेख गरे। उनले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीको पदमा कति पटक नियुक्ति हुन सकिन्छ भन्ने विषयमा बहस गर्नुपर्ने आवश्यकता पनि औंल्याए।

प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ अनुसार, एक व्यक्ति कति पटक लोकसेवा परीक्षा दिन पाउने भन्ने सीमा तोक्ने प्रस्ताव राखिएको छ।

सम्बन्धित समाचार

सबै