241
Shares
काठमाण्डौ – शेयर बजार लगातार सातौं कारोबार दिन घटेको छ। नेप्से परिसूचक आज ३२.२१ अंकले घटेर २,७१९.२० विन्दुमा झरेको छ।
आज विकास बैंकबाहेक सबै समूहको शेयर ओरालो लागेको छ। उत्पादन समूहको शेयर साढे २ प्रतिशतले घट्दा फाइनान्स, जलविद्युत्, लगानी, अन्य, तथा व्यापार समूहका शेयर पनि साढे १ प्रतिशतभन्दा बढीले घटेका छन्।
नेस्डो समृद्ध लघुवित्त कम्पनीको शेयर साढे ६ प्रतिशतले ओरालो लागेको छ भने महालक्ष्मी विकास बैंकको शेयर झन्डै १० प्रतिशतले बढेको छ।
बजार घटे पनि कारोबार रकम सामान्य रूपमा बढेको छ। हिजो ८ अर्ब ३७ करोड रुपैयाँको कारोबार भएकोमा आज ३०३ कम्पनीका १ करोड ५५ लाख कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ३९ करोड पुगेको छ।