प्सेमा गिरावट जारी, कारोबार रकम पनि घट्यो

242 Shares

काठमाण्डाै – शेयर बजार आज उच्च अङ्कले ओरालो लागेको छ। नेप्से परिसूचक ३० दशमलव ३६ अङ्कले घटेर २ हजार ८ सय ४६ दशमलव ३० विन्दुमा पुगेको छ।

आज सबै समूहका शेयर ओरालो लाग्दा फाइनान्सर उत्पादन समूहको शेयर २ प्रतिशतभन्दा धेरैले घटेको छ। बैंक, जलविद्युत्, लगानी, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहको शेयर पनि १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ।

सिन्धु विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ भने बजारमा गिरावट भए पनि गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले वृद्धि भएको छ।

आज कारोबार रकम समेत घटेको छ। हिजो १४ अर्ब २८ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ सय १८ वटा कम्पनीका २ करोड ६३ लाख कित्ता शेयर १२ अर्ब ९४ करोड रुपैयाँमा किनबेच भएका छन्।

सम्बन्धित समाचार

सबै