स्वास्थ्य बिमा र उपचारका लागि अर्थ मन्त्रालयबाट थप तीन अर्ब ८४ करोड निकासा

284 Shares

काठमाडौं । अर्थ मन्त्रालयले स्वास्थ्य बिमा र उपचारसम्बन्धी विभिन्न कार्यक्रमका लागि थप तीन अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोधमा अर्थमन्त्री विष्णु पौडेलले उक्त रकम निकासाको निर्णय गरेका हुन् ।

यसअन्तर्गत स्वास्थ्य बिमा बोर्डलाई तीन अर्ब रुपैयाँ छुट्याइएको छ, जबकि ज्येष्ठ नागरिकको उपचारका लागि ६० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

त्यसैगरी, मुटु रोगका बिरामीहरूको निःशुल्क उपचारका लागि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई २४ करोड रुपैयाँ उपलब्ध गराइएको अर्थ मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

सबै