आज बस्ने एमाले सचिवालय बैठकमा अध्यादेशबारे छलफल हुने

248 Shares

काठमाडौं — नेकपा एमालेको सचिवालय बैठक आज (आइतबार) बस्दैछ। बैठक अपराह्न २ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिएका छन्।

बैठकमा सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल हुने बुझिएको छ। सत्ता–सहकार्यमा रहेको नेपाली कांग्रेसले दबाब बढाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएको बताइएको छ।

आफैंले ल्याएको अध्यादेश सदनबाट पारित नहुने सम्भावना देखिएपछि प्रधानमन्त्री ओलीले रणनीतिक निर्णय लिन सचिवालय बैठक बोलाएको स्रोतले जनाएको छ। सरकारमै रहेका केही दलहरूले अध्यादेशको विरोध गरेपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन्।

सम्बन्धित समाचार

सबै