जसपाको केन्द्रीय समिति बैठक फागुन १८ देखि सुरू

183 Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। बैठक ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा फागुन १८, १९ र २० गते बिहान ११ बजे बस्ने तय गरिएको छ।

पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बैठकमा ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ को समीक्षा हुनेछ। यसक्रममा पालिका समितिको जिम्मेवारी सम्हालेका केन्द्रीय अभियन्ताहरूले कार्यक्षेत्रको प्रगति प्रतिवेदन प्रस्तुत गर्नेछन्।

त्यसैगरी, बैठकमा वर्तमान राजनीतिक परिस्थिति, संगठनात्मक कार्ययोजना लगायतका विषयमा छलफल हुने जनाएको छ।

सम्बन्धित समाचार

सबै