राष्ट्रपति पौडेल सराङकोटमा धार्मिक उत्सवमा सहभागी

80 Shares

गण्डकी – राष्ट्रपति रामचन्द्र पौडेल पोखरा महानगरपालिका–१८ सराङकोटमा जारी श्रीमद्भागवत ज्ञान महायज्ञ तथा धार्मिक उत्सवमा सहभागी हुन पुगेका छन्।

नेपाली सेनाको हेलिकोप्टरमार्फत सराङकोट आएका राष्ट्रपति पौडेलले त्यहाँ स्थापित पञ्चमुखी गणेश र कैलाशेश्वर शिवालयको उद्घाटन गर्ने कार्यक्रम छ। फागुन १४ गतेदेखि सराङकोटमा श्रीमद्भागवत ज्ञान महायज्ञ सञ्चालन भइरहेको छ।

सम्बन्धित समाचार

सबै