माधवनारायणका एक वडा अध्यक्षको निधन

167 Shares

ओम प्रकाश यादव/१७ फाल्गुण /रौतहट : रौतहटको माधवनारायण नगरपालिकाका एक जना वडा अध्यक्षको मृत्यु भएको छ ।

माधवनारायण नगरपालिका -४ विशुनपूर्वा मानपुरका वडा अध्यक्ष रामदेवी मुखिया विनको आज बिहान असामायिक निधन भएको छ ।

लामो समयदेखि गम्भीर प्रकृतिका रोगसँग लड्दै आएका वडा अध्यक्ष मुखियाको आज बिहान ७ बजे आफ्नै घरमा मृत्यु भएको उनका छोरा राम कलेबर मुखियाले जानकारी दिएका छन् ।

केही वर्षदेखि अस्वस्थ रहँदै आएका उनलाई बचाउन उनका छोरा राम कलेबरले विभिन्न अस्पतालमा उपचार गराउँदै आएका थिए ।

बुबालाई बचाउन छोरा राम कलेबरले निकै प्रयास गरेतापनि अन्तत उनलाई बचाउन सकेनन् ।

नेकपा माओवादीबाट २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा उनी लगातार दोस्रो कार्यकालको लागि वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

त्यस्तै २०७४ को चुनावमा पनि उनी माओबादीबाट नै वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

नेकपा माओवादी पार्टीमा लामो समयदेखि आबद्ध रही काम गर्दै आएका वडा अध्यक्ष मुखियाको निधनले माओवादी पार्टीलाई अपूरणीय क्षती समेत पुगेको छ।

सम्बन्धित समाचार

सबै