स्थिर सरकार स्थापनाका लागि कांग्रेस–एमालेको सहकार्य: गृहमन्त्री लेखक

182 Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कांग्रेस र एमालेबीचको सहकार्य केवल सरकार बनाउने उद्देश्यका लागि नभई मुलुकमा स्थिर सरकार स्थापनाका लागि भएको बताएका छन्।

नेशनल प्याव्सनको महाधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारको प्राथमिकता दीगो शान्ति, सुशासन, र समृद्धि भएको उल्लेख गरे। ‘अहिलेको समीकरणले केवल सरकार निर्माण र केही नेताहरूलाई पदमा पुर्‍याउने मात्र होइन, स्थायित्व स्थापना गरेर मुलुकलाई अगाडि बढाउने लक्ष्य राखेको छ,’ उनले भने।

उनले व्यवसायिक वातावरण सुधार गर्न ल्याइएको अध्यादेशबारे स्पष्ट पार्दै प्राविधिक र प्रक्रियागत कारणले ढिलाइ भएको स्वीकारे। ‘तर, संसदबाट समयमै स्वीकृति लिएर नयाँ कानुन बनाउन सरकार सफल हुनेछ,’ उनले भने। साथै, सरकारले शिक्षा विधेयक पारित गर्ने तयारी गरिरहेको जानकारी पनि दिए।

सम्बन्धित समाचार

सबै