75
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कांग्रेस र एमालेबीचको सहकार्य केवल सरकार बनाउने उद्देश्यका लागि नभई मुलुकमा स्थिर सरकार स्थापनाका लागि भएको बताएका छन्।
नेशनल प्याव्सनको महाधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारको प्राथमिकता दीगो शान्ति, सुशासन, र समृद्धि भएको उल्लेख गरे। ‘अहिलेको समीकरणले केवल सरकार निर्माण र केही नेताहरूलाई पदमा पुर्याउने मात्र होइन, स्थायित्व स्थापना गरेर मुलुकलाई अगाडि बढाउने लक्ष्य राखेको छ,’ उनले भने।
उनले व्यवसायिक वातावरण सुधार गर्न ल्याइएको अध्यादेशबारे स्पष्ट पार्दै प्राविधिक र प्रक्रियागत कारणले ढिलाइ भएको स्वीकारे। ‘तर, संसदबाट समयमै स्वीकृति लिएर नयाँ कानुन बनाउन सरकार सफल हुनेछ,’ उनले भने। साथै, सरकारले शिक्षा विधेयक पारित गर्ने तयारी गरिरहेको जानकारी पनि दिए।