241
Shares
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज अपराह्न ४ बजे पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन्। बैठक बूढानीलकण्ठ स्थित उनका निवासमा बस्नेछ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा सदनमा प्रस्तुत विधेयकहरूको प्रक्रियालाई अगाडि बढाउने प्रमुख विषय रहनेछ।
त्यसैगरी, भातृ संस्थाहरूको अधिवेशन र संगठन सुदृढीकरणको विषयमा पनि छलफल हुने मुख्य सचिव पौडेलले जानकारी दिए।