नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन आजदेखि सुरु

69 Shares

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौँ महाधिवेशन आजदेखि शुरू भएको छ, जुन फागुन १९ गतेसम्म चल्ने पार्टीले जानकारी दिएको छ।

नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईंका अनुसार महाधिवेशनले देश तथा विदेशका विभिन्न मुद्दामा छलफल गर्दै बृहत् एजेण्डा पारित गर्नेछ।

महाधिवेशनमा काठमाडौं, भक्तपुर, ललितपुरसहित सातै प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताको सहभागिता रहने उनले जानकारी दिए।

आज बिहान १० बजे कमलविनायकको लान्चाफल्चा, मध्यपुरथिमिको बोडे, सूर्यविनायक र काठमाडौंको कोटेश्वर लगायतका स्थानमा सांस्कृतिक कार्यक्रम र बाजागाजा कार्यक्रमपछि दिउँसो १ बजे सल्लाघारीमा उद्घाटन सत्र हुने छ।

पार्टीको स्थापना २०३१ साल माघ १० गते अध्यक्ष नारायणमान बिजुक्छे रोहितको नेतृत्वमा भएको थियो। पार्टीको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा सम्पन्न भएको थियो।

महाधिवेशनको मुख्य चासो भनेको भनेको पार्टीका संस्थापक अध्यक्ष नारायणमान बिजुक्छेलाई अर्को कार्यकालका लागि पुनः चयन गरिन्छ कि नयाँ नेतृत्व आउँछ भन्ने हो।

सम्बन्धित समाचार

सबै