फागुन शुक्ल प्रतिपदा : आज ग्याल्पो ल्होसार, राष्ट्रपतिको शुभकामना

104 Shares

काठमाडौं । शेर्पा समुदायले आज (फागुन शुक्ल प्रतिपदा) ग्याल्पो ल्होसार पर्व विविध कार्यक्रमसहित भव्य रूपमा मनाउँदै छन्।

नयाँ वर्षको रूपमा मनाइने यो पर्व २१५२औँ ग्याल्पो ल्होसार हो। मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ल्होसारलाई विभाजन गरिएको छ।

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालको पालादेखि वसन्त पर्वका रूपमा मनाउन थालिएको थियो, जसलाई पछि ग्याल्पो ल्होसार नामकरण गरिएको अनुसन्धाता टीका शेर्पाले बताएका छन्।

पहिले हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने यो पर्व अहिले २२ जिल्लासम्म फैलिएको छ, जसको मुख्य कारण शेर्पा समुदायको बसाइँसराइ हो।

यसअघि, पुस १५ गते गुरूङ समुदायले तमु ल्होसार र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले सोनाम ल्होसार मनाइसकेका छन्।

  1. यसै अवसरमा, राष्ट्रपति रामचन्द्र पौडेलले ग्याल्पो ल्होसारले सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्। साथै, उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शेर्पा समुदायलाई सुख, शान्ति र समृद्धिको शुभकामना दिएका छन्।

सम्बन्धित समाचार

सबै