रामहरि खतिवडाले केबलकार विवाद समाधानका लागि वार्ता र विकासको निरन्तरतामा जोड दिए

283 Shares

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ताप्लेजुङको पाथीभरा केबलकारविरुद्धको आन्दोलन वार्ता मार्फत समाधान गर्नुपर्ने बताएका छन्। उनले विकासका काम कुनै पनि बहानामा रोक्न नमिल्ने स्पष्ट पारेका छन्।

गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखक र कोशी प्रदेशका सांसदहरूसँगको छलफलपछि उनले विकास कार्यमा अवरोध नपुर्याउन आग्रह गरेका छन्। खतिवडाले केबलकार निर्माणको अनुमति २०७५ सालमा दिइसकेको र अहिले बाहिरी व्यक्तिहरूले स्थानीय आन्दोलनलाई राजनीतिकरण गर्ने प्रयास गरिरहेको आरोप लगाए।

उनले स्थानीय तहसँग छलफल गरेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिँदै, विकास काम अवरुद्ध गर्न मिल्दैन भने।

सम्बन्धित समाचार

सबै