कार्यकारी निर्देशक हटाउने अधिकार मन्त्रालयसँग छैन: कुलमान घिसिङ

209 Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई हटाउने अधिकार मन्त्रालयसँग नरहेको बताएका छन् । मन्त्रालयले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफमा कार्यकारी निर्देशक घिसिङले प्राधिकरणको निर्देशकलाई हटाउने अधिकार मन्त्रालयसँग नरहेको दाबी गरेका छन् ।

उनले कर्मचारीलाई दुःख दिने नियतले स्पष्टीकरण सोधिएको बताएका छन् ।

“…कार्यकारी निर्देशक वा महाप्रवन्धकको सेवा शर्त तथा सुविधा सम्वन्धी विनियमावली, २०६१ को विनियम २२ मा उल्लिखित अवस्था मध्ये कुन आरोपमा कारबाही गर्न लागिएको हो ?,” उनले प्रश्न गरेका छन्, “कसुर नै एकिन नभएको स्पष्टीकरणबाटै प्रकट भएको छ । स्पष्टीकरणमा कसुर एकिन नगरी गोश्‍वरा आरोपमा कारबाही गर्न मिल्दैन ।”

https://drive.google.com/viewerng/viewer?url=https://12khari.top/uploads/pdf/kulman-1740641388.pdf

सम्बन्धित समाचार

सबै