बीजेपीले कंगना रनौतलाई नीतिगत मामिलामा नबोल्न चेतावनी दिएको छ

271 Shares

काठमाडौं। भारतीय जनता पार्टी (बीजेपी)ले आफ्नै पार्टीका सांसद कंगना रनौतलाई नीतिगत मामिलामा नबोल्न चेतावनी दिएको छ। बीजेपीले रनौतको हालैको विवादित अभिव्यक्तिलाई पार्टीको आधिकारिक धारणा नभएको स्पष्ट पारेको छ।

हिमाचल प्रदेशको मन्डी सिटबाट बीजेपी सांसद बनेकी कंगना रनौतले हालै एक पत्रिकासँगको अन्तर्वार्तामा किसान आन्दोलनलाई बंगलादेशको घटनासँग तुलना गरेकी थिइन् र भारतमा चीन र अमेरिकाजस्ता विदेशी शक्तिहरूले काम गरिरहेको दाबी गरेकी थिइन्।

कंगनाले भनेकी थिइन्, “हाम्रो शीर्ष नेतृत्व बलियो नभएको भए बंगलादेशमा जे भएको थियो, यहाँ (भारतमा) त्यस्तो हुन धेरै समय लाग्ने थिएन।” उनले किसान आन्दोलनको घटनासँग बंगलादेशमा भएको आन्दोलन र सत्ता परिवर्तनलाई जोड्दै विभिन्न विवादास्पद टिप्पणी गरेकी थिइन्।

बीजेपीले कंगनाको यस भनाइसँग असहमत गर्दै, पार्टीको केन्द्रीय मिडिया विभागले जारी गरेको विज्ञप्तिमा कंगना रनौतलाई भविष्यमा यस्तो बयान नगर्न चेतावनी दिएको छ। पार्टीले कंगनालाई न त नीतिगत मामिलामा बोल्ने अनुमति दिन्छ न त अधिकार, भनिएको छ।

पार्टीले थप भन्यो, “बीजेपी ‘सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयास’ र सामाजिक सद्भावको सिद्धान्तलाई अनुसरण गर्न कटिबद्ध छ।”

सम्बन्धित समाचार

सबै