दक्षिण कोरियामा जन्मदर पहिलो पटक एक दशकमा वृद्धि

51 Shares

दक्षिण कोरियामा गत वर्ष जन्मदर बढेको छ। सरकारी तथ्याङ्क अनुसार, सन् २०२४ मा प्रति एक हजार जनामा जन्मने शिशुको संख्या ४ दशमलव ७ प्रतिशत पुगेको छ, जुन सन् २०१४ पछि पहिलो पटक भएको वृद्धि हो।

कोरियाली सरकारको प्रारम्भिक तथ्याङ्क अनुसार, सन् २०२४ मा प्रजननदर ० दशमलव ७५ पुगेको छ, जुन सन् २०२३ को ० दशमलव ७२ को तुलनामा ० दशमलव ०३ बढी हो।

सन् २०२४ मा दक्षिण कोरियामा दुई लाख ३८ हजार तीन सय जनाको जन्म भएको र यो अघिल्लो वर्षको तुलनामा ३ दशमलव ६ प्रतिशतले बढी रहेको उल्लेख गरिएको छ।

कोरियाली अधिकारी पार्क ह्युन जियोङले कोभिड–१९ महामारीपछि विवाहमा वृद्धि र जनसाङ्ख्यिकीय परिवर्तनका कारण जन्मदरमा वृद्धि भएको बताउनुभयो।

दक्षिण कोरिया विश्वका सबैभन्दा धेरै औसत आयु र सबैभन्दा कम जन्मदर भएका देशमध्ये एक हो। यो चुनौतीसँग जुझ्नका लागि सरकारले महिलाहरूलाई बढी बच्चा जन्माउन प्रोत्साहित गर्न र जनसङ्ख्या स्थिर राख्न अर्बाैं डलर खर्च गरेको छ। तथापि, बच्चा हुर्काउने उच्च लागत र प्रतिस्पर्धात्मक समाजले जन्मदरमा गिरावटलाई निरन्तरता दिइरहेको छ।

सम्बन्धित समाचार

सबै