काठमाडौँ विश्वविद्यालय उपकुलपति सिफारिस प्रक्रियामा ढिलाइ, पदाधिकारीहरूले चाँडो टुंग्याउन आग्रह

214 Shares

काठमाडौं । काठमाडौँ विश्वविद्यालयका १३ पदाधिकारीहरूले विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन समितिको ध्यानाकर्षण गराएका छन्।

पदाधिकारीहरूले संयुक्त रूपमा पठाएको पत्रमा उपकुलपति सिफारिसमा ढिलाइ हुँदा समितिको कार्यक्षमता र निष्पक्षतामा प्रश्न उठ्न थालेको बताएका छन्। उनीहरूले सिफारिस प्रक्रियामा तोडमोड र नयाँ शर्तहरूको आरोप पनि लगाएका छन्।

ध्यानाकर्षणपत्रमा उपकुलपति छनोटका लागि बनाइएका मापदण्ड अनुसार तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस हुने विश्वास व्यक्त गरिएको छ।

काठमाडौँ विश्वविद्यालयका विभिन्न स्कुलका डिन र एशोसिएट डिनहरूले हस्ताक्षर गरेको उक्त पत्रमा प्रक्रिया चाँडो टुङ्ग्याउने आग्रह गरिएको छ।

सम्बन्धित समाचार

सबै