वर्षाका कारण अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल रद्द

68 Shares

काठमाण्डौ – आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा समूह ‘बी’ अन्तर्गत अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल टस नै नभई रद्द भएको छ। रावलपिन्डीमा लगातारको वर्षाले खेल हुन सकेन, जसका कारण दुवै टोलीले १/१ अङ्क बाँडेका छन्।

यो अस्ट्रेलियाको पछिल्लाे ८ खेलमा चौथो पटक नतिजाविहीन वा रद्द भएको खेल हो। यो अंक बाँडिएसँगै दक्षिण अफ्रिका समूहको शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया दोस्रो स्थानमा छ।

यसअघि, अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा इङ्गल्यान्डलाई हराएको थियो भने दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गरेको थियो।

समूह ‘ए’ बाट भारत र न्युजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। यो समूहबाट पाकिस्तान र बङ्गलादेश भने समूह चरणबाटै बाहिरिएका छन्। च्याम्पियन्स ट्रफीको फाइनल खेल फागुन २५ गते हुनेछ।

सम्बन्धित समाचार

सबै