78
Shares

काठमाण्डाै – नेपालमा हवाई क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय बनाउने गरी तयार गरिएको विधेयक प्रतिनिधिसभामा प्रस्तुत भएको छ ।
संस्कृति, पर्यटन र नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक २०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ आज बसेको प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्नुभएको हो ।
यसअघि गएको पुस ५ गतेको मन्त्रिपरिषद् बैठकले दुइटै विधेयकलाई संसद्मा पेश गर्ने निर्णय गरेको थियो । नेपालमा पछिल्लो डेढ दशकदेखि उड्डयन क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय छुट्याउने बहस शुरू भए पनि यो काम सम्पन्न हुन सकेको थिएन ।