२० वर्षमा युट्युब: भिडियो भण्डारको विकास र रोचक तथ्यांक

81 Shares

काठमाडौं – सूचना प्रविधिको विकाससँगै युट्युब विश्वकै सबैभन्दा ठूलो भिडियो भण्डारको रूपमा स्थापित भएको छ। सन् २००५ मा सुरू भएको युट्युब २० वर्ष पूरा गरिसकेको छ।

युट्युब हाल विश्वभर सबैभन्दा धेरै हेरिने दोस्रो वेबसाइट हो। युट्युबका प्रयोगकर्ता २.९ अर्ब पुगेका छन्, जसले मासिक औसत २९ घण्टा भिडियो हेर्ने गरेका छन्। समग्रमा, प्रयोगकर्ताहरूले वार्षिक रूपमा करिब १० करोड वर्ष बराबरको भिडियो सामग्री हेर्ने तथ्यांक छ।

युट्युबमा अहिलेसम्म करिब १४.८ अर्ब भिडियो अपलोड भइसकेका छन्। यद्यपि, युट्युबमा कति भिडियो छन्, कति हेरिन्छन्, कति मोनेटाइज छन् भन्ने यकिन तथ्यांक उपलब्ध छैन, किनकि गुगलले यस्ता विवरण सार्वजनिक गर्दैन।

एक अध्ययनअनुसार, युट्युबमा हाल अपलोड गरिएका भिडियोको औसत लम्बाइ ६४ सेकेन्ड रहेको छ। तर, युट्युबमा अपलोड भएका भिडियोमध्ये औसतमा मात्र ४१ भ्युज रहेका छन्। ४ प्रतिशत भिडियोहरू त एकपटक पनि नहेरिएका छैनन्।

युट्युबले सुरुआती दिनमा आममानिसलाई आफ्ना विचार राख्ने प्लेटफर्मको रूपमा प्रस्तुत गरे पनि हाल आएर यसले व्यावसायिक सामग्रीलाई बढी प्रवर्द्धन गर्ने गरेको अध्ययनले देखाएको छ।

सम्बन्धित समाचार

सबै