रौतहट क्षेत्र नं. २ मा नेपाली कांग्रेशका उम्मेदवार मो. फिर्दोश आलम विजयी भएका छन् । उनले २९ हजार ५२८ मत प्राप्त गरेका छन् । उनि एघार हजार ८६ मतको अन्तरले बिजयी भएको निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को कार्यालयका निर्वाचन अधिकृत सिताराम खडकाले जानकारी दिए ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टिका उम्मेदवार किरण कुमार साहले १८ हजार ४४२ मत प्राप्त गरेका छन् ।
त्यस्तै रास्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शेख सगीरले ९ हजार ३२५ मत, र जनता समाजवादी पार्टी नेपालका उम्मेदवार राम आशिष राय यादवले २ हजार ९६० मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार महम्मद अतिउल्लाहले २ हजार ३८२ मत, आम जनता पार्टिका उम्मेदवार श्री भगवान राउत कुर्मीले १ हजार ८२५ मत, प्रगतिशील लोकतान्त्रिक पार्टिका उम्मेदवार सुरेन्द्र प्रसाद जयसवालले ८५९ मत प्राप्त गरेका छन् ।
रौतहट २ मा जम्मा ७१ हजार ५४६ मत खसेको थियो । यस मध्ये ५ हजार ४०२ मत बदर भएको छ ।