रौतहट-४ बाट रास्वपाका गणेश पौडेल विजयी

87 Shares

प्रतिनिधि सभा सदस्य निर्वाचनमा रौतहटको क्षेत्र नम्बर-४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेल विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सिनालाई २१ हजार ११ मतले पछाडि पार्दै उनि विजयी भएको हो ।

रास्वपा उम्मेदवार पौडेलले ३६ हजार ८७६ मत ल्याएका छन् भने काँग्रेसका उम्मेदवार तिमल्सिनाले १५ हजार ८६५ मत ल्याएको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ का मुख्य निर्वाचन अधिकृत उद्धव ढोडारीले बताए ।

यसैगरी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रामकुमार भट्टराईले नौ हजार ७७८ र नेकपा एमालेका उम्मेदवार रामजीसाह सोनारले तीन हजार ४७८ मत ल्याएको उनले बताए । यस निर्वाचनमा आम जनता पार्टीबाट उम्मेदवार भएका पत्रकार ऋषि राज धमलाले ६ सय ५५ मत प्राप्त गरेका छन् । बिहिबार सम्पन्न मतदानमा रौतहट ४ मा कुल ७३ हजार ३९८ मत खसेको थियो । बदर मतको संख्या ३ हजार ७३० रहेको थियो भने सदर मतको संख्या ६९ हजार ६६८ रहेको थियो ।

सम्बन्धित समाचार

सबै