158
Shares
रौतहट, फागुन २३ गते /
रौतहट क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेश कुमार चौधरी भारी मतान्तरले विजयी भएका छन् । उनले २८ हजार ९४६ मत पाएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अजय कुमार गुप्ताले १० हजार ६९३ मत ल्याए ।
त्यस्तै नेपाली कांग्रेशका उम्मेदवार अनिल कुमार झाले ८ हजार ५७४ मत र नेपाली कम्युनिष्ट पार्टिका उम्मेदवार एबम पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले ७ हजार ६६९ मत मत, जनता समाजवादी पार्टि नेपालका उम्मेदवार योगेन्द्र राय यादवले ६ हजार ८ सय ४६ मत ल्याएका छन ।