रौतहट, माघ २२ गते
फागुन २१ गते हुन् लागेको प्रतिनिधि सभा निर्वाचनका लागि रौतहट क्षेत्र नं. ४ का उम्मेदवारहरु घरदैलो अभियानलाइ तिव्र पारेका छन् । उम्मेदवारहरु स्थानीय जनताको समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिनुका साथै आफुलाई मतदान गर्न आग्रह गर्दै हिंड्नु भएको छ ।
रौतहट –४ बाट लगातार दुइ चोटि प्रतिनिधि सभा सदस्य भइ सक्नु भएका देव प्रसाद तिमल्सिना ह्याट्रिक गर्ने सोचका साथ् अघि बढनु भएको छ ।
आफु सधैं यहाँका जनताको साथमा रहेकोले पुनः आफुलाई मतदान गर्न उहाँ कम्मर कसेर अगाडि बढेको देखिन्छ ।
भेटघाटका क्रममा उम्मेदवार तिमल्सिनाले नेपाली कांग्रेसको नीति, कार्यक्रम र भावी योजनाबारे स्पष्ट पारि रहनु भएको छ । विकास, सुशासन र जनजीविकासँग जोडिएका मुद्दालाई प्राथमिकतामा राखेर अगाडि बढने प्रतिबद्धताका साथ् जनताको बिश्वास जित्ने उम्मेदवार तिमल्सिना बताउनु हुन्छ ।
स्थानीय मतदाताहरूले पनि उम्मेदवार तिमल्सिनासँग खुलेर आफ्ना गुनासा तथा सुझावहरू राख्दै आएका छन् । चुनाव नजिकिँदै जाँदा रौतहट– ४ मा कांग्रेसको गतिविधि बढ्दै गएको र चुनावी माहोल थप तातिँदै गएको देखिएको छ । यतिबेला चुनावी मैदानमा सक्रिय रूपमा जुटनु भएको तिमल्सिनाले २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा ३४ हजार १६१ मत प्राप्त गरेर विजयी हुनु भएको थियो । २०७९ सालको निर्वाचनमा निकटतम प्रतिद्वन्दी रहनु भएका नेकपा एमालेका उम्मेदवार उद्धव प्रसाद रेग्मी यसपाली उम्मेदवार हुनु भएको छैन । नेकपा एमालेबाट उम्मेदवार हुनु भएका रामजी साहले समेत चुनाबी अभियान तिव्र पार्नु भएको छ । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा एमालेका उम्मेदवार रेग्मीले २६ हजार ५५९ मत प्राप्त गर्नु भएको थियो । हालको अबस्थामा त्यो संख्या बढने एमाले उम्मेदवार साहले दावी गर्नु भयो ।