महिला कर्मचारीलाई उपेक्षा गर्ने प्रवृति अन्त्य नहुनु दुखद

175 Shares

वीरगंज, माघ २१ गते
महिला कर्मचारीलाइ मधेश प्रदेश सरकारले मनोबल बढाउनुको सट्टा झन् उपेक्षा गर्नु दुखद रहेको र यसले महिला कर्मचारीलाई मानसिक चिन्ता निम्त्याउने पर्यटन विकास कार्यालय पर्साका कार्यालय प्रमुख बबिता जयसवालले बताउनु भएको छ ।
रौतहट,बारा र पर्सा गरि तीन जिल्लाको पर्यटकिय क्षेत्रको निर्माण, मरम्मत सम्भार तथा सौन्दर्यिकरणको लागि २०७९ सालमा स्थापना भएको यस कार्यालयका प्रमुख जयसवालले राजनीतिक पूर्वाग्रहमा महिला कर्मचारीको सरुवा नभएर मधेश प्रदेश निजामति सेवा नियमावली २०७९ अनुसार हुनु पर्नेमा जोड दिनु भयो । नियमावलीको बुँदा नं. १३७ को ख अनुसार गर्भवती वा दुइ बर्ष मुनिको बच्चा भएको महिला कर्मचारीलाइ निजले माग गरेको अबस्थामा बाहेक सरुवा गरिने छैन भन्ने कुरा उल्लेख हुँदा हुँदै मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय मधेश प्रदेशले निर्वाचन आचारसहिंता लागु हुने बेलामा गरेको मेरो सरुवा बदनियतपूर्ण रहेको भन्दै कार्यान्वयन हुनु नपर्ने कार्यालय प्रमुख जयसवालले मांग गर्नु भएको छ । मधेश प्रदेश सरकार आफैले बनाएको नियमावली बिपरित गए पछि न्यायको लागि अदालत गुहारेको उहाँले बताउनु भयो ।उच्च अदालत जनकपुर अस्थायी इजलाश बीरगंजका न्यायाधीश कृष्ण राम कोइरालाको इजलाशले माघ ९ गते अन्तरिम आदेश जारी गरे पछि जयसवाल कार्यालय प्रमुखमा यथावत रहनु भएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय मधेश प्रदेशले उपसचिव जयसवाललाइ भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशमा सरुवा गर्दै घरेलु तथा साना उद्योगको कार्यालय बारामा कार्यालय प्रमुख रहनु भएका शाखा अधिकृत अरविन्द यादवलाई पर्यटन कार्यालयमा सरुवा गरेको थियो ।उद्योग बाणिज्य तथा पर्यटन मन्त्रालयका सचिव जय कुमार घिमिरेका अनुसार मुख्यमन्त्री कार्यालयले उपसचिवको सरुवा गरि दिए पछि शाखा अधिकृतलाई नै जिम्मेवारी दिनु परेको बताउनु हुँदै प्रदेश निजामति सेवा नियमावलीको पालना प्रति मुख्यमन्त्री कार्यालय संबेदनशील हुनु पर्ने बताउनु भयो ।
कार्यालय प्रमुख जयसवालका अनुसार महिलालाई सुरक्षित मातृत्वको अधिकार संविधानले नै ग्यारेन्टी गरेको अबस्थामा मेरो ४ महिनाको छोरा रहेको जानकारी हुँदा हुँदै दुख दिने नियतले गरिएको सरुवाले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार हनन भएको बताउनु भयो ।
राज्यले समाबेशी सकारात्मक विभेद आरक्षण गरे पनि विशेषाधिकार प्राप्त मधेशी महिलालाई भेदभाव गर्ने गरिएको कार्यको बिरोधमा आफु न्यायालय गएको बताउनु हुँदैे प्रमुख जयसवालले मैले आफ्नो लागि मात्र अदालतको सहारा लिएको नभइ सम्पूर्ण महिलाको लागि मेरो लडाइ रहेको बताउनु भएको छ ।
आफुले पर्यटन कार्यालयको कार्यभार सम्हाले पछि विषम परिस्थितिमा उत्कृष्ट कार्य सम्पादन गरेको बताउनु हुँदै प्रमुख जयसवालले आर्थिक बर्ष २०८०/०८१ मा कुल पुजीगत बजेटको पचहत्तर दशमलव एकतीस प्रतिशत खर्च भएको उहाँले बताउनु भयो ।
रौतहटमा ६९ वटा योजना रहेकोमा ६७ वटा, बारामा ९० वटा योजनामा ७१ वटा योजना र पर्सामा ४० वटा योजनामा ३५ वटा योजना सम्पन्न भएको प्रमुख जयसवालले बताउनु भयो । त्यस्तै आर्थिक बर्ष २०८१/०८२ मा कुल २५ करोड ८० लाख १२ हजार ३३८ रुपैया ४८ पैसा खर्च भएकोमा २७ वटा ठेक्कामा १३ करोड ६६ लाख ७५ हजार ९९३ रुपैया र अन्य उपभोक्ताबाट काम सम्पन्न भएको उहाँले बताउनु भयो । आर्थिक बर्ष २०८१/०८२ मा बारा र पर्सामा मात्र योजना संचालन गरिएको उहाँले बताउनु भयो । रौतहटको लागि २०८१ कार्तिक ३० गतेका दिन छुट्टै कार्यालय स्थापना भएको थियो ।
सिमित जनशक्ति र थोरै समयमा परिणाममुखी कार्य गरेको बताउनु हुँदै प्रमुख जयसवालले कार्यभार सम्हाले देखि आर्थिक पारदर्शिता,मितव्ययिता , सुशाशानको पूर्ण पालनामा आफ्नो ध्यान केन्द्रित रहेको बताउनु भयो ।

सम्बन्धित समाचार

सबै