देउवालाई घेराबन्दी : कांग्रेस नेतृत्वमा को आउने ?

45 Shares

संवैधानिक व्यवस्थाअनुसार नेपाली कांग्रेसको १५औं महाधिवेशन २०८२ सालको कात्तिक महिनाभित्र सम्पन्न गर्नुपर्नेछ। तर, हालसम्म महाधिवेशनको तयारी प्रभावकारी देखिएको छैन। क्रियाशील सदस्यता वितरणसमेत ढिलाइ भइरहेका बेला महाधिवेशनको वातावरण नबने पनि नेतृत्वका दावेदारबारे भने विभिन्न तहमा चर्चा भइरहेको छ।

नेपाली कांग्रेसको विधानअनुसार वर्तमान सभापति शेरबहादुर देउवाले पुनः सभापतिको उम्मेदवारी दिन पाउने छैनन्। उनको उत्तराधिकारी बन्ने दौडमा रहेका नेताहरू महाधिवेशनको माग गर्न हिचकिचाइरहेका छन्। देउवाले २०८४ सालको आमनिर्वाचनपछि मात्र महाधिवेशन गर्न चाहेको चर्चा चलिरहेको छ। महाधिवेशन तोकिएको समयमा नभए पार्टीको राजनीतिक वैधानिकतासमेत प्रभावित हुन सक्ने देखिएको छ।

सम्बन्धित समाचार

सबै