काठमाण्डौ /मङ्सिर २८ गते / नेपाल बौद्धिक परिषदका सचिव तथा प्रचार प्रमुख डा.टीका ढकालले देशको लागी राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्न नेकपा एमालकोे महाधिवेशन महत्वपूर्ण उपलब्धि हुने बताउनुभएको छ ।
संचारकर्मीसंग कुरा गर्नु हुँदै उहाँले त्रसित जनताको भरोसाको केन्द्र नेकपा एमाले हुने बताउनु भयो ।
राष्ट्रलाई निराशाबाट निकाल्ने, जनतालाई विश्वास दिलाउने र राजनीतिलाई पुनः उद्देश्यसँग जोड्ने प्रतिज्ञाका साथ् नेकपा एमाले निरन्तर अगाडि बढने उहाँले बताउनु भयो ।
प्रचार प्रमुख डा.ढकालले भन्नुभयो, “पार्टि माथि आक्रमण भएको बेला नेतृत्वलाइ जोगाउनु दक्षिण एसियामै रास्ट्र प्रेमी नेताको रुपमा चिनिनु भएका अध्यक्ष केपी शर्मा ओलीको बिकल्प छैन ।”
असन्तुष्ट पक्षहरुलाई एकतामा ल्याएर अध्यक्ष ओलीले अगाडि बढनु हुनेमा आफु बिश्वस्त रहेको बताउनु हुँदै उहाँले सहमति बाटै नेतृत्व टुंगिने र सवैलाई मिलाएर अध्यक्ष ओलीले अगाडि बढनु हुने उहाँले बताउनु भयो ।
आफुलाई नेतृत्व स्थापित गर्ने मौकाको थलो महाधिबेशन रहेकोले सवैले आ–आफ्नो चाहना, आकांक्षा राख्न पाउने बताउनु हुँदै उहाँले महाधिबेशनको मर्म नै यहि रहेको जिकिर गर्नुभयो ।
आफुलाई उम्मेदवार बनाउन सबैको अधिकार भए पनि अरुको बारेमा टिप्पणी गर्नु कमजोरी रहेको उहाँको भनाइ रहेको छ ।