नेपालि कांग्रेशका मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादवले मधेशमा उत्पादन भएको अन्नले देश नै खुवाउन सकिने संकल्प पुरा गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।
२२ औं रास्ट्रिय धान दिवसको अवसरमा नेपाल किसान महासंघ रौतहटको आयोजनामा गौरमा भएको कार्यक्रममा सभापति यादवले किसानको हक हितको लागि ,कृषि उत्पादन बढाउन , कृषि बजारीकरण गर्न , गरिव घर परिवारलाई कृषिमा आत्मनिर्भर बनाउन नेपालि कांग्रेश प्राथमिकताका साथ् काम गरि रहेको बताउनु भएको छ ।
मधेश प्रदेश सरकारको नेतृत्व नेपाली काङ्ग्रेशले पाए प्रदेश समृद्ध बनाउन सव भन्दा बढि कृषि क्षेत्रमा काम गर्ने प्रतिबद्धता वहांले व्यक्त गर्नु भयो ।
मधेशमा विदेश लगानी आकर्षित गरेर किसानलाइ आत्मनिर्भर बनाउन धेरै योजनाहरु संचालन गर्ने योजना रहेको बताउनु हुँदै सभापति यादवले किसानलाई प्राङ्गारिक मल, माटो परिक्षणको लागि ठाउँ ठाउँमा ल्याव टेस्टको ब्यवस्था लगायतका कार्य चांडै अघिओ बढाइने बताउनु भयो ।
मधेश प्रदेशमा १४ अर्व लगानीको कृषि क्षेत्रकोे परियोजना आइएफएड ल्याउन पहल गरि रहेको सभापति यादवले जानकारी दिनु भयो ।
कार्यक्रममा सभापति यादवले धान, मकै लगायतका बालीको उत्पादन बढाउन आवस्यक रहेको बताउनु भयो ।
२२ औं रास्ट्रिय धान दिवसको शुभकामना दिनु हुँदै सभापति यादवले मधेश प्रदेशमा नेपालि काङ्ग्रेश पार्टीको कृषि मन्त्री भएको कारण आधुनिक खेती प्रणालीको विस्तार, उन्नत बीउ, मल र सिँचाइ सुविधाको सहज पहुँच मार्फत कृषकको जीवनस्तर उकास्ने खालका कार्यक्रमहरू समावेश गरिएको जानकारी दिनु भयो ।
कार्यक्रममा स्थानीय कृषकसहित मधेश प्रदेश सरकारका अर्थ मन्त्री सुनिल कुमार यादव , मधेश प्रदेश सभा सदस्य नागेन्द्र साह ,नेपालि कांग्रेश मधेश प्रदेश स्वास्थ्य बिभाग सचिव डाक्टर शाहजहाँ खातुन, किसान महासंघका प्रतिनिधि , कृषि ज्ञान केन्द्रका प्रमुख लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । उपस्थिति सबैले धान रोपेर धान दिवस मनाइएको नेपालि कांग्रेश मधेश प्रदेश स्वास्थ्य बिभाग सचिव डाक्टर खातुनले बताउनु भयो ।