२२ औँ राष्ट्रिय धान दिवस २०८२ रौतहटका विभिन्न ठाउँमा धान रोपाइँ गरेर उत्सवको रूपमा मनाइदै छ ।
दिवसको अवसरमा चन्द्रपुर नगरपालिकाले चन्द्रपुर– २ जुडिबेलाको पुलामी टोलमा धान रोपाई गरि दिवस मनाएको नगरपालिकाका कृषि शाखा प्रमुख सन्दिप देवकोटाले बताउनु भयो ।
कार्यक्रममा नगर प्रमुख संजय कुमार काफ्ले , नगरपालिका कर्मचारी , स्थानिय कृषक तथा संचारकर्मीको उपस्थिति रहेको थियो । त्यसै गरि चन्द्रपुर–८ मा रहेको साना किसान कृषि सहकारी संस्थाले मेशिनको प्रयोग गरेर धान रोपाइँ गरेको संस्थाका संचालक समिति सदस्य प्रमोद चौधरीले जानकारी दिनु भयो । गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले गौर–७ मा धान रोपाइँ गर्नु भएको हो ।
गौरमा रहेको दिव्य दृष्टि स्कुल, आइबिए लगायतका विद्यालयका विद्यार्थीले दिवसका अवसरमा नजिकै रहेको खेतमा धान रोपाइँ गरेका हुन् ।
राजदेवी नगरपालिका,मौलापुर नगरपालिका,गरुडा नगरपालिका, इशनाथ नगरपालिका, वृन्दावन नगरपालिका समेतले धान दिवसको अबसरमा नजिकै खेतमा रोपाइँ गरेर दिवस मनाएको हो । त्यसै गरि नेपाल किसान महासंघ रौतहटको आयोजनामा गौर–४ सुबर्णामाइ मन्दिर नजिक रोपाइँ गरिएको नेपालि कांग्रेश स्वास्थ्य बिभाग मधेश प्रदेश सचिव डाक्टर शाहजहाँले बताउनु भयो ।
रौतहटमा ६५ हजार ९६९ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकोमा ३५ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको कृषि ज्ञान केन्द्र रौतहटका बाली संरक्षण अधिकृत सरोज मण्डलले जानकारी दिनु भयो । हाल सम्म ३३ हजार छ सय हेक्टरमा धान रोपाइँ सम्पन्न भएको र बाँकी जग्गामा पनि रोपाइँ भइरहेको उहाँले बताउनुभयो ।




