
काठमाडौं। सत्तारुढ नेकपा एमालेले आफ्नो पार्टीको ७६ औं स्थापना दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ। आज (सोमबार) भएको सचिवालय बैठकले आगामी वैशाख ९ गते पार्टी स्थापना दिवस मनाउने र ७ जना नेताहरुलाई कम्युनिष्ट योद्धाका रुपमा सम्मान गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन्।
उपमहासचिव ज्ञवालीका अनुसार, यस वर्षको पार्टी स्थापना दिवसमा कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउने विशिष्ट व्यक्तिहरूलाई सम्मान गर्ने निर्णय गरिएको छ। सम्मानित हुने नेताहरूमा कञ्चनपुरका लालबहादुर विश्वकर्मा, जाजरकोटका स्वर्गीय रत्न शर्मा न्यौपाने, दाङका शोभारम बस्नेत, गोरखाका बासस्वती देवकोटा, काठमाडौंका शान्ता मानवी, सप्तरीका सत्यनारायण मण्डल र झापाका हरिचरण शिवाकोटी रहेका छन्।
साथै, पार्टीले पुरा कम्युनिष्ट नेताहरूको स्मरण पुस्तक समेत सार्वजनिक गर्ने योजना पनि बनाएको ज्ञवालीले बताएका छन्।