
काठमाडौं – सत्तारुढ नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तीनकुने घटनाको जिम्मेवारी लिनुपर्ने बताएको छ। आज (सोमबार) पार्टी सचिवालय बैठकपछि पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले शाहलाई तीनकुने घटनाको जवाफदेही हुनुपर्ने टिप्पणी गरे।
“उहाँले फागुन ७ गते, म अगाडि बढें, साथ दिनुहोस् भनेपछि उहाँले तोकेका कमाण्डरको नेतृत्वमा यी सबै घटनाहरू भएका छन्। उहाँ जवाफदेही हुनुपर्छ, तर उहाँ पन्छिनु भएको छ,” ज्ञवालीले भने।
EMएलले पूर्वराजा शाहको पछिल्लो शुभकामना सन्देशप्रति आपत्ति जनाउँदै निष्कर्ष निकालेको छ कि उनका मनमा राजतन्त्र फर्काउने आशा अझै जीवित छ।
ज्ञवालीले चैत १५ गतेको तीनकुने घटनालाई ‘जनतामा जागरण आएको’ भनेर व्यक्त गर्ने शाहको अभिव्यक्तिलाई आपत्तिजनक भने। “सर्वसाधारणको घरमा लुटपाट, तोडफोड र विध्वंस भनेको जागरण होइन,” उनले थपे।
चैत १५ गतेको हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो। घटनामा संलग्न भएको आरोपमा प्रहरीले प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंसहितलाई पक्राउ गरि अनुसन्धान थालेको छ।