राजतन्त्रको भविष्य सकियो, अब लोकतन्त्रमै अघि बढ्नुपर्छ : सांसद बाँस्कोटा

60 Shares

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले नेपालमा राजतन्त्रको कुनै भविष्य नरहेको स्पष्ट पारेका छन् । काभ्रेपलाञ्चोकमा प्रेस चौतारी नेपालले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले १८ वर्षअघि नै राजतन्त्र समाप्त भइसकेको बताएका हुन् ।

उनले भने, ‘नेपालमा राजतन्त्र अब भूत भइसकेको छ, भविष्य होइन ।’ सांसद बाँस्कोटाले लोकतन्त्र नै अब नेपालको राजमार्ग भएको उल्लेख गर्दै समाजलाई अझ व्यवस्थित, परिमार्जित र दृढ निश्चयका साथ अघि बढाउन सबै लाग्नुपर्ने धारणा राखे ।

उनको भनाइमा, लोकतन्त्रका कमजोरीहरू सुधार गर्दै बलिया पक्षलाई संस्थागत गर्दै अघि बढ्नु अहिलेको प्रमुख कार्यभार हो ।

सम्बन्धित समाचार

सबै