272
Shares
काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ। प्रचारप्रसार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा पार्टीले आयोजना गर्न लागेको युवा सहभागिता विशेष कार्यक्रमको तयारीबारे छलफल हुनेछ।
त्यस्तै, पछिल्लो समयको राजनीतिक घटनाक्रमसमेत बैठकको मुख्य एजेन्डा रहेको बताइएको छ।