प्रचण्डको नयाँ वर्ष सन्देश : आत्मनिर्भर अर्थतन्त्र र समृद्ध राष्ट्र निर्माणमा एकता आवश्यक

237 Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।

उनले समृद्धि र उज्ज्वल भविष्यका लागि दृढताका साथ पाइला चाल्नुपर्ने आवश्यकता औंल्याउँदै भनेका छन्, ‘हामी गौरवशाली इतिहास बोकेका सार्वभौम नेपाली हौं, अब हाम्रो भविष्य पछाडि फर्केर होइन, अगाडि बढेर मात्र उज्यालो बन्न सक्छ।’

सन्देशमा अध्यक्ष दाहालले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्दै रोजगारी सिर्जना र सुशासनका नयाँ मानक स्थापित गर्नुपर्नेमा जोड दिएका छन्।

उनले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ सुदृढ लोकतान्त्रिक गणतन्त्र नै भएको भन्दै २०८२ साललाई चुनौतीसँगै अवसरको वर्षका रूपमा लिँदै संविधानको पूर्ण कार्यान्वयनमार्फत जनअपेक्षा पूरा गर्न सबैमा आग्रह गरेका छन्।

साथै, नयाँ वर्षमा नेपाली जनताले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र अग्रगामी परिवर्तन चाहेको तथ्य पुनः पुष्टि गर्दै प्रचण्डले नयाँ संकल्पका साथ अघि बढ्न आह्वान गरेका छन्।

सम्बन्धित समाचार

सबै