144
Shares
काठमाडौं — पुर्पक्षका लागि थुनामा राख्ने आदेशविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको निवेदन न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा परेको छ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासले चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सो आदेश बदरको माग गर्दै सभापति लामिछानेले शुक्रबार सर्वोच्च अदालतमा निवेदन दायर गरेका थिए।
उक्त निवेदन आइतबार न्यायाधीश ढुंगानाको इजलासमा परेको हो। हाल रवि लामिछाने रूपन्देही कारागारमा थुनामा रहेका छन्।