एमाले कोशीद्वारा जनजागरण सभाको खर्च सार्वजनिक, १२ लाख ६५ हजार खर्च भएको दाबी

100 Shares

काठमाडौं — सत्तारुढ नेकपा एमाले कोशीले झापाको दमकमा आयोजना गरेको प्रदेशस्तरीय जनजागरण सभाको खर्च विवरण सार्वजनिक गरेको छ। गणतन्त्र र संघीयता विरोधी गतिविधिहरूको विरोधमा आयोजित उक्त सभामा कुल १२ लाख ६५ हजार रुपैयाँ खर्च भएको एमालेले जनाएको छ।

प्रेस चौतारी झापाद्वारा आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा कोशी प्रदेश इञ्चार्ज शेरधन राईले यसपटक कोशीमा नयाँ अभ्यास गरिएको उल्लेख गर्दै कार्यक्रमको सफलतामा शुभचिन्तकहरूको योगदान रहेको बताए।

“हामीले सरकारसँग एक रुपैयाँ पनि लिएका छैनौं,” राईले भने, “वडा–वडाबाट सहभागीहरू आफैँ खर्च गरेर आएका हुन्। हाम्रो कार्यक्रम शुभचिन्तकको सहयोगमा सम्पन्न भएको हो।”

राईका अनुसार मञ्च र साउण्ड व्यवस्थापनमा ४ लाख, स्वयमसेवक परिचालनमा ३ लाख, झण्डा, ब्यानर र पर्चामा १ लाख, झाँकीका लागि ३५ हजार, प्रचार–प्रसारमा १ लाख २० हजार र विविध खर्चमा १ लाख रुपैयाँ खर्च भएको छ। साथै, स्वयमसेवकहरूले लगाएको टोपी भने एमाले सुनसरीले उपलब्ध गराएको उनले जानकारी दिए।

शनिबार सम्पन्न सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गरेका थिए।

सम्बन्धित समाचार

सबै