‘१७ हजारको हत्यारा भन्ने आरोप इतिहासलाई पछाडि धकेल्ने प्रयास’ : प्रचण्ड

269 Shares

काठमाडौं, ३० चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई १७ हजारको हत्यारा भन्ने आरोप अनुचित भएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित संक्रमणकालीन न्यायसम्बन्धी खिमलाल देवकोटाको पुस्तक विमोचन समारोहमा बोल्दै प्रचण्डले युद्धको क्रममा भएको घटनालाई व्यक्तिगत रूपमा आफूले हत्या गरेको भनी आरोप लगाउनु ऐतिहासिक तथ्यको तोडमोड भएको बताए।

‘माथि कहिलेकाहीँ भन्ने गरिन्छ— १७ हजार माओवादीले मारे, प्रचण्डले मारे। तर म त अहिलेसम्म एक जनालाई पिटेको पनि छैन,’ प्रचण्डले भने, ‘युद्धको नियमअनुसार युद्ध भयो, त्यसलाई अध्ययन गर्न सकिन्छ, विश्लेषण गर्न सकिन्छ। तर व्यक्तिगत रूपमा हत्याको आरोप लगाउनु तथ्यमा आधारित छैन।’

युद्धको नेतृत्व आफूले गरेका कारण शान्तिपूर्ण राजनीतिमा आएपछि जिम्मेवारी लिएको उनले प्रस्ट पारे। ‘नेतृत्व मैले गरेको हो, त्यसैले शान्तिको प्रक्रियामा आएपछि त्यसको जिम्मा म लिन्छु भनेर नै अघि बढेको हुँ,’ उनले भने।

प्रचण्डले युद्ध र संक्रमणकालीन न्यायको सवालमा गम्भीर र तथ्यपूर्ण छलफल हुनुपर्ने आवश्यकता औंल्याउँदै इतिहासलाई तोडमोड गरेर दुराशयपूर्वक आक्षेप लगाउन नहुने धारणा राखे।

सम्बन्धित समाचार

सबै