राजतन्त्र पक्षधरलाई सडकमै पराजित गर्नुपर्छ : अर्थमन्त्री पौडेल

147 Shares

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजतन्त्र पक्षधर र दरबारिया सोच राख्नेहरूलाई सडकमै पराजित गर्नुपर्ने धारणा राखेका छन् ।

शुक्रबार बुटवलमा एमालेले आयोजना गरेको जनजागरण सभामा बोल्दै मन्त्री पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र स्थायित्वका लागि सबै दल र नागरिक एकजुट हुनुपर्ने बताए ।

“प्रतिगमनको कुनै भविष्य छैन,” उनले भने, “राजतन्त्र फर्काउने सपना देख्नेलाई सडकमै पछार्नुपर्छ । राजनीतिक दलहरूले नै मुलुकलाई अगाडि बढाउने हो ।”

मुलुकको वर्तमान व्यवस्था परिवर्तनका लागि गरिएको संघर्ष अब विकास र समृद्धिको यात्रामा रुपान्तरण हुनुपर्नेमा मन्त्री पौडेलले जोड दिए । उनले सक्षम र दूरदर्शी नेतृत्वले मात्र मुलुकलाई अघि बढाउन सक्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित समाचार

सबै