तीनकुने आन्दोलनका दुर्गा प्रसाई भारतबाट पक्राउ, जहाजमार्फत काठमाडौं ल्याइँदै

264 Shares

विराटनगर । तीनकुनेमा भएको हिंसात्मक आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईलाई भारतको आसाम राज्यबाट पक्राउ गरिएको छ । पक्राउ परेका प्रसाईलाई झापास्थित भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याउने तयारी गरिएको छ ।

उनका दाइ लक्ष्मी प्रसाईका अनुसार दुर्गालाई केहीबेरमै काँकडभिट्टाको मेची पुल हुँदै नेपाल भित्र्याइनेछ । काँकडभिट्टा नाकामा उनका दाजु, शुभचिन्तक र कानुन व्यवसायीहरूको उपस्थिति रहेको छ भने मेची पुलमा उनका परिवार र समर्थकहरू प्रतीक्षारत छन् ।

प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले यसबारे औपचारिक रूपमा केही नबताए पनि दुर्गालाई भद्रपुर विमानस्थलबाट काठमाडौँ पुर्‍याउने तयारी भइरहेको जनाइएको छ ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको मृत्यु भएपछि दुर्गा प्रसाई फरार भएका थिए । फरार भएपछिको समयमा उनले दुईवटा भिडियो सन्देश सार्वजनिक गर्दै आफू नेपालमै रहेको दाबी गरे पनि प्रहरीको अनुसन्धानले उनको ‘लोकेसन’ भारतमा रहेको पत्ता लगाएपछि विशेष ब्युरोको टोलीले आसाम पुगेर पक्राउ गरेको ह

सम्बन्धित समाचार

सबै