आज संघीय संसद्का तीन समिति बैठक बस्दै, तीनकुने घटनादेखि पानीजहाज विधेयकसम्म छलफल हुने

130 Shares

काठमाडौं — संघीय संसदअन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्ने तयारी भएको छ।

बैसने समितिहरूमा कानुन, न्याय तथा मानव अधिकार समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति रहेका छन्।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजेका लागि तय गरिएको छ। बैठकमा चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शनका क्रममा भएको मानव अधिकार उल्लंघनका विषयमा छलफल गरिनेछ। सो बैठकका लागि गृहमन्त्री रमेश लेखकलाई जवाफ दिन बोलाइएको छ।

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ। सो बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ।

त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ। यस बैठकमा सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरूसँग छलफल गरिनेछ।

सम्बन्धित समाचार

सबै