चीन भ्रमणमा माओवादी केन्द्रको प्रतिनिधिमण्डल : चोङकिङमा चिनियाँ कम्युनिष्ट पार्टीसँग भेटवार्ता

347 Shares

चीनको चोङकिङ सहरमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को उच्चस्तरीय टोलीले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का वरिष्ठ नेतासँग भेटवार्ता गरेको छ।

बिहीबार साँझ चोङकिङ सहरको पार्टी स्कुल विभागमा सम्पन्न उक्त भेटमा माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा, केन्द्रीय सदस्य रामद्वीप आचार्य, लेखनाथ न्यौपानेलगायत नेताहरू सहभागी थिए।

सचिव शर्माले माओवादी केन्द्र र सिपिसीबीचको सम्बन्ध गहिरो रहेको उल्लेख गर्दै भने, “यो केवल पार्टी–पार्टीबीचको सम्बन्ध मात्र होइन, दुई देशबीच जनस्तरमा पनि आत्मीयता छ। नेपाली जनताले चीनप्रति सदैव माया र सम्मान देखाउँदै आएका छन्।”

उनले बुद्ध नेपालमै जन्मिएको कुरा चिनियाँ विद्वानहरूले विश्वभर फैलाएको विषयमा धन्यवाद दिंदै नेपाल–चीन सम्बन्ध बहुआयामिक रहेको बताए। उनले विकास, संस्कार, शिक्षा, अर्थतन्त्रलगायत क्षेत्रमा चीनसँग साझेदारी गर्दै अघि बढ्ने स्पष्ट पारे।

भेटमा दुवै पार्टीले वैचारिक आदानप्रदान, प्रशिक्षण कार्यक्रमहरू अझ प्रभावकारी बनाउन सहमति जनाएका थिए।

चोङकिङ सहरका पार्टी स्कुल प्रमुख लियु सियोउले नेपालसँगको सम्बन्धलाई चीनले अत्यधिक महत्व दिने बताएका थिए। उनले शिक्षा, व्यापार, संस्कृति र जनस्तरमा सहयोग विस्तार गर्दै जानुपर्ने धारणा राखे।

त्यसअगाडि माओवादी प्रतिनिधिमण्डलले चोङकिङ कृषि प्रविधि पार्कको अवलोकन भ्रमणसमेत गरेको थियो। सो पार्कसँग भरतपुर महानगरले साझेदारीमा काम गर्दै आएको छ। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत त्यही पार्कको भ्रमण गरेका थिए।

सम्बन्धित समाचार

सबै